काठमाडौं । एक स्वास्थ्यसंस्थामा आगलागी हुँदा पाँच करोड बराबरको क्षति भएको छ।। बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालय बुधबार भएको आगलागीबाट करिब पाँच करोडको क्षति भएको प्रहरीले जनाएको छ। ल आगलागीको कारण भने खुलेको छैन। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।उक्त आगो काठमाडौं महानगरपालिकाको–३, ललितपुर महानगरपालिकाको-१, कीर्तिपुर नगरपालिकाको-१, बौद्ध रामहिटीको-१, नेपाली सेनाको-२ र नेपाल प्रहरीको-१ दमकल तथा १ वाटर क्याननसहित १० वटा दमकल र ५ वटा पानी ट्याङकरले नियन्त्रणमा लिएका थिए।
बुधबार बिहान ७:१० बजेको समयमा बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालयको स्टोर भवनमा आगलागी भएको थियो।
आगो बिहान ९:३५ बजेतिर नियन्त्रणमा लिइएको थियो।