• बुधबार, ४ कात्तिक २०८३
  • images

    पिसीआर शुल्कमा एकरुपता गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

    पिसीआर शुल्कमा एकरुपता गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

    गंगालाल अस्पतालमा पनि एक हजारमा पिसीआर परिक्षण हुने

    हेल्दीखबर
    सोमबार, मंसिर ६ २०७८
    हेल्दीखबर
    सोमबार, मंसिर ६ २०७८
    पिसीआर शुल्कमा एकरुपता गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

     

    काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री .विरोध खतिवडाले सरकारी नीजि स्वास्थ्य संस्थामा पिसिआर परीक्षण बापत लिइएको शुल्कमा एकरुपमा कायम गर्न निर्देशन दिनुभएको छ ।

    images

    स्वास्थ्य मन्त्री खतिवडाले   विभिन्न सरकारी तथा निजी संस्थाहरुमा पिसीआर परिक्षण शुल्कमा एकरुपता नभएको विषयमा चासो राख्दै एकरुपता र सुलभ मुल्य कायम राख्न निर्देशन दिनुभएको हो  ।

    केन्द्रीय प्रयोगशाला टेकु, वीर, सिभिल लगायतका सरकारी अस्पतालहरुमा रु. एक हजार  कायम रहेपनि विदेश जानेहरुका लागि त्रिभुवन विमानस्थल परिसरमै निजि संस्थाले पिसिआर परिक्षण गर्दा रु. एकहजार दुईसय  कायम गराइएको छ । तर पनि अधिकांश निजी अस्पतालले दुइहजार वा सो भन्दा बढी लिने गरेको गुनासो आएकोले मन्त्री खतिवडाले एकरुपमा कायम गर्न निर्देशन दिनुभएको हो ।

    यस्तै शहिद गंगालाल ह्दयरोग केन्द्र  बाँसबारीले पनि प्रतिव्यक्ति एकहजार सातसय  लिने गरेकोमा तत्काल एक हजार रुपैंया कायम गर्न निर्देशन दिनुभएको छ । स्वास्थ्य मन्त्रीको निर्देशन पछि सो अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीले आवश्यक प्रक्रिया पुरा गरी बुधबारबाटै रु एकहजारमै पिसिआर परिक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अस्पतालका निर्देशक डा.अधिकारीलाई स्वास्थ्य मन्त्री खतिवडाको  निर्देशन तत्काल कार्यान्वयन गरी जनताप्रति उत्तरदायी बन्न तथा पिसिआर परिक्षण शुल्क घटाउन अनुरोध गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार