• सोमबार, १५ भदौ २०८३
  • images
    साहित्य

    आइज दशैं

    आइज दशैं

    शुक्रबार, असोज २९ २०७८
    शुक्रबार, असोज २९ २०७८
    आइज दशैं

    पृथ्वीको एक पूर्ण परिक्रमा सँगैं
    जीवनको एउटा दशैं घटाएर जा ।
    थुप्रै आशिर्वादको पहिरोले
    जिम्मेवारीको बोझ थुपाएरेर जा ।
    हिजोको रावणहरुलाई मारेर
    धेरै रामहरुलाई जिताएर जा ।
    भातृत्व विर्सनेहरुलाई
    लक्ष्मणको निष्ठा व्युत्याएर जा।
    अपहरित भएका आदर्श
    सीताहरुलाई मुक्ति गराएर जा ।
    संस्कृती विर्सनेहरुलाई
    एकपटक फेरि सम्झाएर जा ।

    आइज दशैं, 
    अरु के नै गर्न सक्छस् र,
    कम से कम,
    आशुहरु पिएर निच‍ोरिएका
    हर जीवनमा,
    केही क्षण भए नी मुस्कान छरेर जा ।
    अनि मरेर जिउनेहरुलाई
    हाँसेर बाच्न सिकाएर जा ।
    हे दशैं, 
    यस रहस्यमय जीवनको 
    अरु एक बर्षको महत्व दर्शाएर जा ।
    आइज दशै स्वागत छ ।

    विजया दशमीको सबैमा हार्दिक मंगलमय शुभकामना ।💐🙏🙏🙏💐

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार