कविता
समाजलाई असफल बनाएर
एक्लै कोहि सफल बन्न नपरोस् !
भाइ -भाइमा काटमार गराएर
देशले फेरि हार्नु नपरोस् !
समाजलाई अशान्त बनाएर
बालबालिकालाई अराजक र हिंस्रक बनाएर !
अदृश्य शक्तिबाट चलेको गोली खाएर
कोहि सहिद फेरि बन्न नपरोस् !
तराई -मधेस अशान्त बनाइदै छ !
धमिलो पानीमा माछा मार्न खोजिदैछ!
उहि घटनाले कोहि कुर्सी कोहि आर्यघाट
फेरि पुग्न नपरोस् !