• सोमबार, १५ भदौ २०८३
  • images
    कविता 

    फेरि उसको पखेटा पलाउँछ !

    फेरि उसको पखेटा पलाउँछ !

    शनिबार, फागुन ३० २०८२
    शनिबार, फागुन ३० २०८२
    फेरि उसको पखेटा पलाउँछ !

    बालकलाई अपराधी बनाउने समाज  होस् वा 
    अपराधीलाई नाबालिक बनाउने समाज, 
    अपराधीले उन्मुक्ति पाउने समाज बन्छ, यहि साहसले उ फेरि  बहादुर बन्छ !

     
    अर्को  अप्रिय घटना घटाउँछ ! 
    बलात्कार र  हत्या जस्ता जघन्य अपराध गर्न !
    फेरि  उसको पखेटा पलाउँछ !

     
    पटक पटक  उस्तै  कथा  दोहोरिन्छ !
    केही  क्षण सामाजिक संजाल  तातिन्छ, देश स्तब्ध बन्छ !


    न्याय  प्रणाली  मौन बस्छ 
    छानबिन र अनुसन्धान बर्षौ चलिरहन्छ !


    अझै  कति  निर्मला पन्त र  इनिशा विक सहिद  बन्नुपर्ने हो ! 


    मौन अपराधको  जिउँदो प्रमाण
    फेरि कुन छोरी र चेली बन्नु पर्ने हो !


    लेखक नेपाल  नर्सिङ  संघकी केन्द्रीय सदस्य हुनुहुन्छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार