• सोमबार, १५ भदौ २०८३
  • images

    एन्टिजेन परीक्षणको दुई हजार पाँच सय असुल्ने सुमेरु सिटी अस्पताललाई २० हजार जरिवाना

    एन्टिजेन परीक्षणको दुई हजार पाँच सय असुल्ने सुमेरु सिटी अस्पताललाई २० हजार जरिवाना

    हेल्दीखबर
    आइतबार, असोज १० २०७८
    हेल्दीखबर
    आइतबार, असोज १० २०७८
    एन्टिजेन परीक्षणको दुई हजार पाँच सय असुल्ने सुमेरु सिटी अस्पताललाई  २० हजार जरिवाना

    काठमाडौं । एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग बढी शुल्क असुलेको आरोपमा सुमेरु सिटी अस्पताललाई  कारबाही गरिएको छ।   जिल्ला प्रशासन कार्यालय ललितपुरले  गोप्य सूचनाको आधारमा आइतबार छापा मारी अस्पताललाई २० हजार रुपैयाँ जरिवाना गरेको छ।
    सेवाग्राहीले अस्पतालविरुद्ध उजुरी गरेपछि अनुगमनका गरिएको थियो। ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले एन्टिजेन परीक्षणको शुल्क एक हजार रुपैयाँ तोकिएकोमा अस्पतालले एन्टिजेन परीक्षण गर्न आउने बिरामीसँग दुइ हजार पाँच सय रुपैयाँ लिएको प्रमाण भेटिएपछि कारबाही गरेको जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार