काठमाडौँ,२१ असार । सोमबार थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
७ हजार ४ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७ सय ४५ र ४ हजार २८ जनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यस्तै गत २४ घण्टामा २ हजार २११ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ ।
पछिल्लो समय मुलुकभर २५ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् भने ३१७ जना क्वारेन्टिनमा रहेका छन् ।
त्यस्तै २ हजार २ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा संक्रमण भएका २३ जनाको मृत्यु भएको छ।