• सोमबार, १५ भदौ २०८३
  • images

    नेपालमा निपाह भाइरसको जोखिम बढ्याे,सतर्कता अपनाउन आग्रह

    नेपालमा निपाह भाइरसको जोखिम बढ्याे,सतर्कता अपनाउन आग्रह

    हेल्दीखबर
    शुक्रबार, साउन २९ २०७८
    हेल्दीखबर
    शुक्रबार, साउन २९ २०७८
    नेपालमा निपाह भाइरसको जोखिम बढ्याे,सतर्कता अपनाउन आग्रह

      काठमाडौं । भारतका केहि स्थानमा निपाह भाइरसको संक्रमण देखिन थालेसँगै नेपालमा सतर्कता अपनाउन आग्रह गरिएको छ । यस भाइरसको संक्रमणका कारण गत साता भारतमा एक बालकको ज्यान गएको थियो ।

    नेपालमा पनि यसको जोखिम न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले योजना अघि बढाएको जनाएको छ । रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएमा वा मृत्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशीघ्र पठाउन अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स)  सबै अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो ।

    तुलनात्मक रुपमा कुनै रोग भारतमा फैलन सुरु भए पश्चात नै नेपालमा त्यो रोगको जोखिम रहेको बताइन्छ । पछिल्लो साता भारतमा निपाह भाइरसको संक्रमण फैंलदै जान थालेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसको जोखिमबारे सचेत गराएको हो । स्वाथ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले यो भाइरस अहिलेसम्म नेपालमा देखा नपरेको भए पनि सतर्कता आवश्यक रहेको बताउनुभयो । यो रोग विशेषगरी चमेरा र बङ्गुरबाट सर्ने भएकाले भारतबाट चमेराहरु बसाई सरी आउन सक्ने भएकाले नेपालमा यसको जोखिम रहेको अधिकारीको भनाइ छ । यस्तै संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले काठमाडौको नारायणहिटी दरबार छेउछाउमै अत्याधिक चमेराहरुको बसोबास रहेकाले पनि यसको जोखिम बढी रहेको बताउनुभयो । “हाम्रो समुदायमा कतिपय व्यक्तिहरुले फलफूलहरु नधोई खाने र बङ्गुरको व्यवसायिक पालन नै गर्ने देखिएकाले पनि यस्को जोखिम बढी छ” उहाँले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार