• सोमबार, १५ भदौ २०८३
  • images

    उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, माइक्रो र टेम्पो चलाउन पाइने,

    उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, माइक्रो र टेम्पो चलाउन पाइने,

    हेल्दीखबर
    आइतबार, असार २० २०७८
    हेल्दीखबर
    आइतबार, असार २० २०७८
    उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, माइक्रो र टेम्पो चलाउन पाइने,


    काठमाडौं, २० असार  । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक यातायात जोरबिजोर नियम हटाउँदै थप खुकुलो गरिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मको लागि थप गर्दै माइक्रो बस र टेम्पो चलाउन दिने निर्णय गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बैठकले सार्वजनिक यातायात जोरबिजोर नियम हटाउने निर्णय गरेको बताउनुभयो ।

    यस अघिको बैठकले २५ सिटभन्दा माथिका गाडी चलाउन दिइएकोमा अव थपिएको निषेधाज्ञामा माइक्रो बस र टेम्पो चलन पाउने छन् । लामो दूरीका सार्वजनिक यातायात सञ्चालन पाइने तर जिल्ला प्रशासन कार्यालयको पास हुनपर्नेछ ।

    यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि (सोमबार) राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार