• सोमबार, १५ भदौ २०८३
  • images

    अमेरिकाद्धारा २५ लाख खोप पाकिस्तानलाई वितरण

    अमेरिकाद्धारा २५ लाख खोप पाकिस्तानलाई वितरण

    हेल्दीखबर
    शनिबार, असार १९ २०७८
    हेल्दीखबर
    शनिबार, असार १९ २०७८
    अमेरिकाद्धारा २५ लाख खोप पाकिस्तानलाई वितरण

    काठमाडौं,२० असार । अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको २५ लाख खोप पाकिस्तान आइपुगेको छ। अमेरिकाले पाकिस्तानलाई मोडेर्ना खोप उपलब्ध गराएको हो। यो खोपले पाकिस्तानमा फैलिएको कोरोनाभाइरसको महामारी न्युनिकरणमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ।

    महामारीले अफ्ठ्यारोमा परेका बेला अमेरिकाले खोप उपलब्ध गराएपछि पाकिस्तानलाई ठूलो राहत भएको छ। पाकिस्तानको संघीय राजधानी इस्लामावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको खोप पाकिस्तानस्थित अमेरिकी राजदूत एंगेला पि एग्गेलेरले पाकिस्तानलाई हस्तान्तरण गरेका छन्।

    अमेरिकाले विश्वभरी वितरण गर्नेगरी छुट्याएको आठ करोड खोप मध्येबाट अहिले २५ लाख खोप पाकिस्तानलाई उपलब्ध गराएको हो। पाकिस्तानमा अहिलेसम्म चीनले तीन प्रकारका खोप उपलब्ध गराएको छ।

    चीनले पाकिस्तानलाई सिनोफार्म, क्यानसिनोबायो र सिनोभ्याक खोप उपलब्ध गराएको हो। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पाकिस्तानमा अहिले कुल जनसङ्ख्याको पाँच प्रतिशत मानिसले मात्रै खोप लगाउन पाएका छन्।

    पाकिस्तानमा कोभ्याक्समार्फत् १२ लाख मानिसले अष्ट्रजेनिका खोप लगाएका छन्। अरु खोप आउने क्रममा रहेको जनाइएको छ।रासस

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार