• आइतबार, ८ कात्तिक २०८३
  • images

    तुलसीपुर उपमहानगरपालिकाद्वारा वडा नं १७ लाई एम्बुलेन्स हस्तान्तरण

    तुलसीपुर उपमहानगरपालिकाद्वारा वडा नं १७ लाई एम्बुलेन्स हस्तान्तरण

    आइतबार, भदौ १३ २०७८
    आइतबार, भदौ १३ २०७८
    तुलसीपुर उपमहानगरपालिकाद्वारा वडा नं १७ लाई एम्बुलेन्स हस्तान्तरण


    दाङ– तुलसीपुर उपमहानगरपालिकाले वडा नं १७ लाई आज एम्बुलेन्स हस्तान्तरण गरेको छ। नगरप्रमुख घनश्याम पाण्डेले वडाध्यक्ष थलबहादुर पुरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्। सो अवसरमा नगरप्रमुख पाण्डेले निर्वाचनमा गरेको वाचाअनुसार वडावासीलाई छिटोछरितो उपचार सेवा प्रदान गर्नका लागि एम्बुलेन्स हस्तान्तरण गरिएको बताए। समयमै उपचार नपाउँदा अकालमा कुनै पनि नागरिकको ज्यान नजाओस् भन्ने उद्देश्यले बिरामी घाइते तथा समस्यामा परेका नागरिकलाई तत्काल अस्पतालसम्म लैजानका लागि वडामा एम्बुलेन्सको व्यवस्था गरिएको उनले बताए।  
    एक वडा एक एम्बुलेन्सको अवधारणाअन्तर्गत तुलसीपुर उपमहागनरपालिकाले यसअघि विकट मानिएका १, १९, १३ नम्बर वडामा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ। बाँकी चार वटा एम्बुलेन्स हस्तान्तरण गर्ने तयारी रहेको तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख केशव डाँगीले जानकारी दिए। उनका अनुसार ४, ११, १५ र ८ मा रहेको मेट्रो हस्पिटललाई पनि एम्बुलेन्स हस्तान्तरण गरिने छ।
    रासस

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार