• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    भारतद्धारा नेपाललाई एकहजार ४९ एम्बुलेन्स उपहारस्वरुप प्रदान

    भारतद्धारा नेपाललाई एकहजार ४९ एम्बुलेन्स उपहारस्वरुप प्रदान

    आज मात्रै ४० वटा एम्बुलेन्स हस्तान्तरण 

    शनिबार, जेठ ३१ २०८२
    शनिबार, जेठ ३१ २०८२
    भारतद्धारा नेपाललाई एकहजार ४९ एम्बुलेन्स उपहारस्वरुप प्रदान

    काठमाडौं, ३१ जेठ ।  भारत सरकारले सन् १९९४ देखि हालसम्म नेपाललाई १०४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ । 
    नेपालस्थित भारतीय दुतावासले जानकारी दिए अनुसार  यसबाहेक, ३०० वटा स्कुल बस, निर्वाचन प्रयोजनका लागि २०० वटा सवारी साधन उपलब्ध गराएको छ । 

    blog

    images

     हालै परराष्ट्र मन्त्रालयलाई सगरमाथा संवादका लागि १५ वटा विद्युतीय सवारी साधन पनि भारतले उपहार दिएको छ।
    यसैबीच आज भारत सरकारले नेपाललाई  ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ।

    नेपालका विभिन्न जिल्लामा स्वास्थ्य सेवा सुदृढीकरणका लागि यी सवारी साधन उपहारस्वरुप हस्तान्तरण गरिएको हो । भारतले काठमाडौं, वीरगंज, पोखरा र धरानमा एकैसाथ कार्यक्रम आयोजना गरेर एम्बुलेन्स हस्तान्तरण गरिएको थियो।

    काठमाडौंस्थित भारतीय राजदूतावास, वीरगंजको महावाणिज्य दूतावास तथा पोखरा र धरानका पेन्सन भुक्तानी कार्यालयहरुमा आयोजित समारोहमा नेपालका सातै प्रदेशका ३३ जिल्लामा प्रयोग हुनेगरी एम्बुलेन्स हस्तान्तरण गरिएको हो । 
     तीमध्ये २२ वटा एम्बुलेन्स काठमाडौंमा, ७–७ वटा वीरगंज र पोखरामा तथा ४ वटा धरानमा हस्तान्तरण गरिएको हो।

    काठमाडौंमा आयोजित कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले विभिन्न लाभार्थी स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई चाबी हस्तान्तरण गर्नुभयो।

    कार्यक्रममा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नगर तथा गाउँपालिकाका प्रमुख, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो।

     

    श्रीवास्तवले विगत सात दशकयता भारत–नेपाल सम्बन्ध विभिन्न क्षेत्रहरुमा विस्तार र सुदृढीकरण हुँदै आएको बताउनुभयो । उहाँले स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा नेपाल सरकारको पहलमा भारत सरकारको निरन्तर साथ रहने प्रतिबद्धता जनाउँदै यस्ता सहयोग भारत–नेपालबीचको जीवन्त र गहिरो विकास साझेदारीको प्रतीक भएको बताउनुभयो। 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार