• मंगलबार, ३ कात्तिक २०८३
  • images

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

    सोमबार, वैशाख १० २०८१
    सोमबार, वैशाख १० २०८१
    पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

    काठमाडौँ, १० वैशाख । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । 

    ओलीको सचिवालयका अनुसार ओलीलाई रुघाखोकीको समस्या देखिएको छ । अस्वस्थ्य भएपछि उनी अहिले घरमै आराम गरिरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

    images


    उनका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या देखिएकोले घरमा आराम गरिरहेका छन्।

    अध्यक्ष ओली अस्वस्थ्य भएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन्।  भीडभाडमा जाँदा संक्रमणको जोखिम हुने भएकाले घरमै आराम गरिरहेका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार