• सोमबार, १५ भदौ २०८३
  • images

    गर्भवति महिलामा के–कस्ता खतराका संकेत देखिए तुरुन्त अस्पताल जाने ? 

    गर्भवति महिलामा के–कस्ता खतराका संकेत देखिए तुरुन्त अस्पताल जाने ? 

    बुधबार, भदौ २ २०७८
    बुधबार, भदौ २ २०७८
    गर्भवति महिलामा के–कस्ता खतराका संकेत देखिए तुरुन्त अस्पताल जाने ? 


    काठमाडौं । हरेक महिलाहरुका लागि गर्भावस्था एक विशेष अवस्थामा मानिन्छ । गर्भावस्थामा हर्मोनल परिर्वतन खास गरि हुने भएकाले शरीरमा धेरै परिवर्तहरु आउने गर्दछन् । जस्ले गर्दा गर्भवति महिलामा धेरै खाले स्वास्थ्य समस्या देखा पर्दछ । 
    गर्भावस्थामा हेरचाह र प्रसवको लागि तयारी
    सबै दम्पतीले गर्भावस्थामा शिशुको स्वास्थ्य अवस्थाको बारेमा स्वास्थ्य संस्थामा गएर जानकारी लिनु पर्दछ । गर्भावस्थामा, शिशु जन्मने बेला वा जन्मेपछिको आवश्यक सेवाहरूलाई समयमै पु¥याउन र आउन सक्ने समस्याबाट जोगिन नजिकैको स्वास्थ्य संस्थाबारे पूर्वजानकारी राख्नु पर्छ ।
    शिशुको जन्म पूर्वनै योजना बनाउनुपर्छ र शिशुलाई चाहिने लुगा, कपडा ९ओड्ने, बिछौना०, पैसाको जोहो गर्नुपर्छ । प्रसूतिकालागि गर्भवती महिलालाई स्वास्थ्य संस्थामा लैजानु पर्छ ।
    स्वास्थ्य संस्थामा नियमित जाँच र प्रसुति गराएमा नेपाल सरकारले प्रोत्साहन भत्ताको समेत व्यवस्था गरेको छ । सबै दम्पतीले गर्भावस्थामा शिशुको स्वास्थ्य अवस्थाको बारेमा स्वास्थ्य संस्थामा गएर जानकारी लिनु पर्दछ 
    स्वास्थ्य संस्थासम्म जाने सवारीको पहिचान र व्यवस्था, रगतको खाँचो परेमा रगत दिने तीनजना स्वस्थ व्यक्तिको व्यवस्था गर्नु पर्दछ ।
    गर्भावस्थामा कति पटक जाच गराउनु पर्दछः
      –  पहिलो परीक्षणः चौथो महिना
      – दोस्रो परीक्षणः छैठौं महिना
     –   तेस्रो परीक्षणः आठौं महिना
     – चौथो परीक्षणः नवौं महिना
    माथि उल्लेखित परीक्षणका अतिरिक्त स्वास्थ्य सम्बन्धी कुनै समस्यारजटिलता भएमा गर्भवती महिलाले नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्दछ ।
    ध्यान दिनुपर्ने कुराहरूः
    स्वास्थ्य संस्थाका विज्ञले सीफारिस गरेबमोजिम आइरन–फोलिक एसिड चक्की र जुका मार्ने चक्की खानु पर्दछ ।
    टिटि खोप पहिलो  र दोश्रो लिनु पर्दछ ।
    औलो लाग्ने जिल्लाहरूमा गर्भवती  महिलाले कीटनाशक औषधिले उपचार गरीएको झूलभित्र सुत्नु पर्दछ ।
    दादुरा, ठेउला, एचआइभीरएड्स र हेपटाइटिस संक्रमणबाट जोगिनु पर्दछ ।
    आमाबाट शिशुमा हुन सक्ने संक्रमण रोकथाम गर्न गर्भवती महिलाले एचआइभीरएड्स परीक्षण गराउनु पर्दछ ।
    स्वास्थकर्मीको सल्लाहबमोजीम नियमित रुपमा व्यायाम गर्ने र तौल वृद्धिमा विचार राख्नु पर्दछ ।
    चिया, कफी र सोडायुक्त पेय पदार्थ सेवन नगर्नू बेश हुन्छ ।
    खाना पकाउँदा दुई बालबालिकासहितको लोगो भएको आयोडिनयूक्त नुन राखेको खाना खानु पर्दछ

    गर्भावस्थामा निम्न खतरापूर्ण सङ्केत देखिएमा नजिकैको स्वास्थ्य संस्थामा जानु पर्दछः
    टाउको साह्रै दुखेमा
    हातखुट्टा अररो भइ काम्ने वा मूर्छा परेमा
    आँखा तिरमिराएर धमिलो देख्ने भएमा
    अनुहार वा हात सुन्निएमा
    कडा रुपमा तल्लो पेट दुखेमा
    योनीबाट अलिकति पनि रगत बगेमा

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार