काठमाडौँ, २३ साउन ।नेपाल चिकित्सक सङ्घले समग्र स्वास्थ्य क्षेत्रलाई आतङ्कित पार्ने गरी घटाइएको अमानवीय घटनामा संलग्न दोषिलाई कानुनको दायरामा ल्याई कारबाही गर्न माग गरेको छ ।
सङ्घका अध्यक्ष डा.बद्रि रिजाल र महासचिव डा.विश्व राज दवाडीले विज्ञप्ति जारी गर्दै समग्र स्वास्थ्य क्षेत्रलाई आतङ्कित पार्ने गरी घटाइएको अमानवीय घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याई “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी २०६६ (पहिलो संशोधन, २०७९)” बमोजिम कारबाही गर्न माग गर्नुभएको हो ।
साउन २२ गते कालिकोटको पलाँता अस्पतालमा कार्यरत चिकित्सक डा.अली हैदर राईन लगायत अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण गरी कुटपिट तथा दुर्व्यवहार गरिएको घटनाप्रति ध्यानाकर्षण जनाउँदै यस्तो माग गरेको हो ।
अस्पताल सेवामा खटिनुभएका चिकित्सक तथा स्वास्थयकर्मीमाथि भएको यस्ता अमर्यादित तथा निन्दनीय कार्यको सङ्घले भत्सर्ना गरेको छ ।