• सोमबार, १५ भदौ २०८३
  • images

    डा.शाहमाथि भएको आक्रमणको वीर अस्पतालका डाक्टरद्धारा विरोध

    डा.शाहमाथि भएको आक्रमणको वीर अस्पतालका डाक्टरद्धारा विरोध

    कुटपिट गर्नेलाई कडा कारबाही गर्न माग

    हेल्दीखबर
    बुधबार, भदौ ८ २०७९
    हेल्दीखबर
    बुधबार, भदौ ८ २०७९
    डा.शाहमाथि भएको आक्रमणको वीर अस्पतालका डाक्टरद्धारा विरोध

    काठमाडौ । वीर अस्पतालमा कार्यरत चिकित्सकहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आकस्मिक विभागमा कार्यरत डा करण शाहमाथि  आक्रमण गर्ने अस्पतालमा कार्यरत कर्मचारीलाई कडा कारबाही गर्न माग गरेका छन्।  

    वीर अस्पतालका चिकित्सकले बुधबार विहान अस्पतालको आकस्मिक कक्ष अगाडी प्लेकार्ड सहित उभिएर विरोध जनाएका हुन् । उनीहरुले प्लेकार्डमा डा करण साहलाई न्याय दिनु माग उल्लेख गरेका थिए।

    उनीहरुले डा शाह ड्युटीमा रहेको अवस्थामै हातपात गरिनु अत्यन्त लज्जास्पद घटना भएको भन्दै यस्तो अपराधिक मानसिकता बोकेका व्यक्तिलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन्। शाहमाथि आक्रमण गर्ने व्यक्तिलाई कारबाही गर्न विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुले दबाब दिँदै आएका छन्। 

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा कार्यरत डा साहमाथि भदौ २ गते प्रतिष्ठानकै एकजना कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए। उनको टाउको र नाकमा चोट लागेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार