काठमाडौँ, २१ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने निःशुल्क उपचार सेवाको प्रभावकारी कार्यान्वयनका लागि डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ।
मन्त्रालयले ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ बमोजिम विभिन्न अस्पतालसँग आवश्यक समन्वय, सूचना आदान–प्रदान तथा उपचार सेवाको सहजीकरणलाई व्यवस्थित बनाउन डा. जोशीलाई उक्त जिम्मेवारी प्रदान गरेको जनाएको छ।
मन्त्रालयका अनुसार लक्षित वर्गको उपचारसँग सम्बन्धित समन्वय, सूचना आदान–प्रदान तथा सेवा सहजीकरणका लागि आवश्यक परे डा. जोशीसँग ९८५१४६००३७ नम्बरमा सम्पर्क गर्न सकिनेछ।
यस व्यवस्थामार्फत अस्पतालहरूबीच उपचारसम्बन्धी समन्वयलाई एकीकृत र व्यवस्थित बनाउने, सेवा प्रवाहलाई थप सहज बनाउने तथा आवश्यक सूचनाको आदान–प्रदानलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यो व्यवस्थाले लक्षित वर्गका नागरिकका लागि उपलब्ध १० प्रतिशत निःशुल्क शय्या सेवा तथा विपन्न नागरिक उपचार सहायता कार्यक्रमको कार्यान्वयनलाई अझ प्रभावकारी, सहज र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।