• बिहीबार , ५ कात्तिक २०८३
  • images

    सरकारी सेवामा रहेका नर्स (गोनान)को अध्यक्षमा कल्पना श्रेष्ठ

    सरकारी सेवामा रहेका नर्स (गोनान)को अध्यक्षमा कल्पना श्रेष्ठ

    महासचिवमा राजकुमारी ज्ञवाली निर्वाचित

    हेल्दीखबर
    शुक्रबार, चैत १८ २०७८
    हेल्दीखबर
    शुक्रबार, चैत १८ २०७८
    सरकारी सेवामा रहेका नर्स (गोनान)को अध्यक्षमा कल्पना श्रेष्ठ


    काठमाडौं । सरकारी सेवामा आवद्ध नर्सहरूको संघ (गोनान)को अध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

    No description available.
     गोनानको पहिलो वार्षिकोत्सव तथा साधारण सभाबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो ।यस्तै गोनानको उपाध्यक्षमा रमिला चौंलागाई,महासचिवमा राजकुमारी ज्ञवाली,सचिवमा मित्रा देवकोटा र कोषाध्यक्षमा प्रमिला थकाली निर्वाचित हुनुभयो ।       

    images

    No description available.
    साधरणसभाले सदस्यहरुमा मेनुका पोखरेल, भगवती भण्डारी, लक्ष्मी मरासिनी र यशोदा बराललाई निर्वाचित गरेको छ । 
    यसअघि गोनानको वार्षिकोत्वसव समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नर्सिङ महाशाखा प्रमुख गोमादेवी निरौलाले बिरामीको अनुपातमा नर्स एकदम कम भएको बताउनुभएको थियो । उहाँले नर्स र बिरामीको अनुपात नमिलेसम्म गुणस्तरीय स्वास्थ्य सेवा दिन नसक्ने बताउनुभयो । नर्सिङ जनशक्तिलाई समायानुकुल बनाउन मन्त्रालय लागेको उहाँको भनाई थियो । 

    No description available.
    नर्सिङ  पेशालाई मर्यादित बनाउनेतर्फ लाग्नुपर्ने उहाँको भनाई थियो । 
    वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले नर्सहरुका धेरै समस्या रहेको बताउनुभयो । 

    No description available.
    ट्रमा सेन्टरका प्रमुख डा. प्रमोद जोशीले कोभिड महामारीमा नर्सले ठूलो कार्य गरेको बताउनुभयो । 

    No description available.
    गोनानकी अध्यक्ष कल्पना श्रेष्ठले सरकारी संस्थामा कार्यरत नर्सहरूको हकहितका लागि आवाज बुलन्द गर्नुपर्नेमा जोड दिनुभयो । 

    No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

    प्रतिक्रिया दिनुहोस
    थप समाचार