महासचिवमा राजकुमारी ज्ञवाली निर्वाचित
काठमाडौं । सरकारी सेवामा आवद्ध नर्सहरूको संघ (गोनान)को अध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

गोनानको पहिलो वार्षिकोत्सव तथा साधारण सभाबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो ।यस्तै गोनानको उपाध्यक्षमा रमिला चौंलागाई,महासचिवमा राजकुमारी ज्ञवाली,सचिवमा मित्रा देवकोटा र कोषाध्यक्षमा प्रमिला थकाली निर्वाचित हुनुभयो ।

साधरणसभाले सदस्यहरुमा मेनुका पोखरेल, भगवती भण्डारी, लक्ष्मी मरासिनी र यशोदा बराललाई निर्वाचित गरेको छ ।
यसअघि गोनानको वार्षिकोत्वसव समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नर्सिङ महाशाखा प्रमुख गोमादेवी निरौलाले बिरामीको अनुपातमा नर्स एकदम कम भएको बताउनुभएको थियो । उहाँले नर्स र बिरामीको अनुपात नमिलेसम्म गुणस्तरीय स्वास्थ्य सेवा दिन नसक्ने बताउनुभयो । नर्सिङ जनशक्तिलाई समायानुकुल बनाउन मन्त्रालय लागेको उहाँको भनाई थियो ।

नर्सिङ पेशालाई मर्यादित बनाउनेतर्फ लाग्नुपर्ने उहाँको भनाई थियो ।
वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले नर्सहरुका धेरै समस्या रहेको बताउनुभयो ।

ट्रमा सेन्टरका प्रमुख डा. प्रमोद जोशीले कोभिड महामारीमा नर्सले ठूलो कार्य गरेको बताउनुभयो ।

गोनानकी अध्यक्ष कल्पना श्रेष्ठले सरकारी संस्थामा कार्यरत नर्सहरूको हकहितका लागि आवाज बुलन्द गर्नुपर्नेमा जोड दिनुभयो ।







