• सोमबार, १५ भदौ २०८३
  • images
    चिकित्सा शिक्षा आयोगको २७ औँ बैठक

    चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

    चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

    बुधबार, साउन १३ २०८३
    बुधबार, साउन १३ २०८३
    चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

    काठमाडौं, १३  साउन। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।

    प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले उक्त कार्यक्रम तथा बजेट अनुमोदन गरेको हो। स्वीकृत बजेटमध्ये नेपाल सरकारबाट विनियोजित पाँच अर्ब ९९ करोड २१ लाख रुपैयाँ तथा आयोगको आन्तरिक स्रोतबाट ५६ करोड चार लाख ९८ हजार रुपैयाँ समावेश रहेको आयोगले जनाएको छ।

    बैठकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ र चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड रुपैयाँसमेत गरी कुल एक अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ उपलब्ध हुने अनुमान गरेको छ। सोही स्रोतबाट चालु आर्थिक वर्षका लागि ५६ करोड चार लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय पनि बैठकले गरेको छ।

    आयोगका अनुसार आन्तरिक स्रोतबाट विनियोजन गरिएको बजेटमध्ये चालु खर्चतर्फ ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ आठ करोड ६२ लाख रुपैयाँ छुट्याइएको छ।

    बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री तथा आयोगका सदस्यसचिव एवं सहसचिव बसन्तप्रसाद कोइराला लगायतको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार