काठमाडौं, ८ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकमा डा. राम आधार यादवलाई नियुक्त गरेको छ।
आयुर्वेद शल्यतन्त्र (क्षारसूत्र) विशेषज्ञ डा. यादवले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र (कीर्तिपुर)को कार्यकारी निर्देशक लगायत विभिन्न जिम्मेवारी सम्हाल्नुभएको छ।
नरदेवी अस्पतालको जिम्मेवारी सम्हालेपछि डा. यादवले आयुर्वेद चिकित्सालयलाइ सुधार गर्न आफू प्रयत्नशील रहने जानकारी दिनुभयो। अस्पतालमा अझै धेरै सुधार आवस्यक छ, डा. यादवले भन्नुभयो, "स्वास्थ्य मन्त्रालयको समन्वयमा अस्पताल देखिने गरि परिवर्तनका लागि कृयाशिल हुनेछु।"
उहाँको नेतृत्वमा चिकित्सालयको सेवा प्रवाह, आयुर्वेद उपचारको विस्तार तथा संस्थागत सुधारलाई प्राथमिकता दिइने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
नरदेवी आयुर्वेद चिकित्सालय देशकै पुरानो आयुर्वेद अस्पतालमध्ये एक हो । उक्त अस्पतालमा बहिरंग तथा अन्तरंग सेवा, पञ्चकर्म, क्षारसूत्र उपचारलगायत विभिन्न आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध छन्।