काठमाडौं, २८ साउन । आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा सिद्धार्थकुमार ठाकुर नियुक्त हुनुभएको छ।
नियुक्तिपछि उहाँले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
शपथ ग्रहणसँगै ठाकुरले आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षका रूपमा औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।
अध्यक्ष ठाकुरले परिषद्को जिम्मेवारी सम्हाल्दै आयुर्वेद चिकित्सा क्षेत्रको व्यवस्थित विकास, गुणस्तरीय सेवा प्रवाह तथा परिषद्को नियमनकारी भूमिकालाई प्रभावकारी बनाउनेतर्फ प्राथमिकता दिने बताउनुभयो ।
आयुर्वेद चिकित्सा परिषद्ले आयुर्वेद चिकित्सा तथा स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न, चिकित्सकको पेसागत नियमन गर्न तथा आयुर्वेद चिकित्सा शिक्षासहितका विषयमा आवश्यक नियमन र समन्वय गर्दै आएको छ।