• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्द

    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्द

    मंगलबार, असार ३० २०८३
    मंगलबार, असार ३० २०८३
    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्द

    काठमाडौं,३० असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द गरेको छ।

    मन्त्रालयले सूचना जारी गर्दै स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २२ बमोजिम कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान गर्ने अधिकार लोक सेवा आयोगका अध्यक्ष वा निजले तोकेको आयोगका सदस्यको संयोजकत्वमा गठित सिफारिस समितिलाई रहेको जनाएको छ। उक्त समितिले ऐनको दफा २२(४) अनुसार आफ्नै कार्यविधि बनाई दरखास्त आह्वान गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले २०८३ असार २ गते गोरखापत्रमा प्रकाशित दरखास्त आह्वान सूचना रद्द गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।

    मन्त्रालयका अनुसार अब कानुनी व्यवस्था अनुरूप सिफारिस समितिबाट नयाँ दरखास्त आह्वान सम्बन्धी सूचना छिट्टै प्रकाशित गरिनेछ। त्यसैले यसअघि प्रकाशित सूचनाका आधारमा आवेदन दिने प्रक्रिया स्वतः खारेज भएको छ।

    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पद बोर्डको प्रमुख कार्यकारी नेतृत्वको जिम्मेवारी भएको पद हो। यस पदमा नियुक्तिका लागि ऐनले छुट्टै सिफारिस समिति गठन गरी प्रतिस्पर्धात्मक छनोट प्रक्रिया अपनाउने व्यवस्था गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार