• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि आवेदन खुला

    चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि आवेदन खुला

    बुधबार, वैशाख ३० २०८३
    बुधबार, वैशाख ३० २०८३
    चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि आवेदन खुला

    काठमाडौँ, ३० वैशाख । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन आह्वान गरेको छ।

    समितिले आज सूचना प्रकाशित गर्दै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार उपाध्यक्ष नियुक्तिका लागि योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।

    images

    सूचनाअनुसार चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको कार्यविधि, २०८३ बमोजिम तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारले आवेदन दिन सक्नेछन्।

    दरखास्त सम्बन्धी विस्तृत विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट र चिकित्सा शिक्षा आयोगको वेबसाइटमा उपलब्ध गराइएको समितिले जनाएको छ।

    समितिले आवेदन प्रक्रिया तथा आवश्यक कागजातबारे जानकारीका लागि आयोगको सचिवालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।
    हेरौं सूचना:

    Screenshot_20260513_062218_Chrome.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार