• सोमबार, १५ भदौ २०८३
  • images

    मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र पाण्डे नियुक्त

    मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र पाण्डे नियुक्त

    बुधबार, वैशाख ३० २०८३
    बुधबार, वैशाख ३० २०८३
    मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र पाण्डे नियुक्त

    काठमाडौं, ३० वैशाख । नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र पाण्डे नियुक्त हुनुभएको छ।

     स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णयमार्फत डा. पाण्डेलाई उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो।

    डा. पाण्डे नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्य समेत हुनुहुन्छ। काउन्सिलका पूर्व रजिष्ट्रार डा. सतिश देव पदमुक्त भएपछि रिक्त रहेको रजिष्ट्रार पदको कार्यसम्पादनका लागि उहाँलाई निमित्त जिम्मेवारी दिइएको बताइएको छ।

    यसअघि पनि पूर्व रजिष्ट्रार डा. देव विदेश भ्रमणमा रहँदा डा. पाण्डेले निमित्त रजिष्ट्रारको जिम्मेवारी सम्हालिसक्नुभएको थियो।

    अर्थोपेडिक्स विषयका विशेषज्ञ डा. पाण्डे नेपाल सरकारअन्तर्गत १०औँ तहका चिकित्सक हुनुहुन्छ। उहाँ हाल युनिभर्सिटी अफ अक्सफोर्डमा हिप केयरसम्बन्धी विद्यावारिधि (पीएचडी) अध्ययनरत रहनुभएको छ।

    डा. पाण्डेले यसअघि सरकारी चिकित्सक संघ ‘गोदान’को नेतृत्व समेत सम्हाल्नुभएको थियो। स्वास्थ्य क्षेत्रको नीति, प्रशासन र चिकित्सक हकहितका विषयमा उहाँ सक्रिय रूपमा संलग्न रहँदै आउनुभएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार