• बिहीबार , ५ कात्तिक २०८३
  • images

    उषा तण्डुकारलाई नेपाल फार्मेसी परिषद्को जिम्मेवारी

    उषा तण्डुकारलाई नेपाल फार्मेसी परिषद्को जिम्मेवारी

    मंगलबार, जेठ ५ २०८३
    मंगलबार, जेठ ५ २०८३
    उषा तण्डुकारलाई नेपाल फार्मेसी परिषद्को जिम्मेवारी

    काठमाडौँ, ५ जेठ । नेपाल फार्मेसी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी उषा तण्डुकारलाई दिइएको छ ।

    स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि तण्डुकारलाई परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी तोक्नुभएको हो ।

    images

    वरिष्ठ औषधि व्यवस्थापक (दशौँ तह) मा कार्यरत तण्डुकार यसअघि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखामा कार्यरत रहनुभएको थियो । 
    यसअघि परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयले गत २२ वैशाखमा पदबाट राजीनामा दिनुभएको थियो । सरकारले हालै ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ पछि नयाँ परिस्थिति सिर्जना भएको उल्लेख गर्दै उहाँले पदबाट अलग हुने निर्णय लिनुभएको बताइएको छ ।

    पाण्डेयको राजीनामापछि परिषद्को प्रशासनिक तथा दैनिक कामकारबाही प्रभावित नहोस् भन्ने उद्देश्यले मन्त्रालयले तत्काल निमित्त नेतृत्वको व्यवस्था गरेको हो ।

    हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी परिषद् तथा काउन्सिलहरूमा निमित्त रजिष्ट्रार नियुक्त गरी नियमित प्रशासनिक तथा सेवा प्रवाहका कामलाई निरन्तरता दिइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार