• सोमबार, १५ भदौ २०८३
  • images

    ह्याम्स अस्पतालका अध्यक्ष भण्डारी उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित

    ह्याम्स अस्पतालका अध्यक्ष भण्डारी उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित

    बुधबार, वैशाख २३ २०८३
    बुधबार, वैशाख २३ २०८३
    ह्याम्स अस्पतालका अध्यक्ष भण्डारी उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित

    काठमाडौं, २३ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जारी निर्वाचन अन्तर्गत एसोसियट समूहतर्फ सदस्य पदमा ह्याम्स अस्पतालका अध्यक्ष तथा मेडिकल व्यवसायी रामशरण (आरएस) भण्डारी निर्वाचित हुनुभएको छ। 

    निर्वाचन समितिका अनुसार भण्डारीले १ हजार ४३ मत प्राप्त गर्नुभएको छ । 

    आज बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार सचिन ढकाल १ हजार ३१८ मतसहित पहिलो स्थानमा रहँदै विजयी हुनुभएको छ। त्यस्तै, १ हजार २०२ मतसहित हेमन्त गोल्छा दोस्रो तथा १ हजार १८३ मतसहित अम्बिकाप्रसाद पौडेल तेस्रो स्थानमा रहनुभएको छ।
    यसैगरी, शक्तिकुमार वेगानीले १ हजार १४२, उज्ज्वलकुमार श्रेष्ठले १ हजार १४०, ऋषि अग्रवालले १ हजार १२२, सुशील थापाले १ हजार ९४, राजेशकुमार अग्रवालले १ हजार ८२ तथा सुयस प्याकुरेलले १ हजार ६९ मत प्राप्त गर्नुभएको छ।
    अन्य उम्मेदवारमध्ये देवराज रेग्मीले ९५४, बाबु लामिछानेले ८६०, ढोलप्रसाद अधिकारीले ८५८, गोपाल खनालले ८०४, भरत रानाभाटले ७८८ तथा देशबन्धु बस्नेत (अजित) ले ७७८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।
    सदस्य पदको मतगणना सम्पन्न भएसँगै अब एसोसियट उपाध्यक्ष तथा महिला सदस्य पदको मतगणना सुरु भएको जानकारी निर्वाचन समितिले दिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार