७ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं,१५ वैशाख । सरकारले वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रिक्त रहेको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार अस्पतालको अध्यक्ष पदमा नियुक्तिका लागि योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको छ।
मन्त्रालयले वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क) मा उल्लेखित योग्यता पुगेका व्यक्तिहरूले आवेदन दिन सक्ने जनाएको छ।
सूचना अनुसार आवेदन दिने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र तोकिएको छ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबार, काठमाडौंमा वा इमेल (ppmd.mohp@gmail.com) मार्फत आवेदन पेश गर्न सक्नेछन्।
यस सम्बन्धी थप विवरण तथा आवश्यक कागजातहरूको सूची मन्त्रालयको आधिकारिक वेबसाइट (www.mohp.gov.np) मा उपलब्ध रहेको जनाइएको छ।
मन्त्रालयले योग्य, अनुभवी र सक्षम नेतृत्व चयन गर्न यो प्रक्रिया अघि बढाइएको जनाएको छ।
हेरौं मन्त्रालयको सूचना: