• सोमबार, १५ भदौ २०८३
  • images

    एक बर्षको न्यूरोलोजी फेलोशिप गरेकालाई विशेषज्ञको मान्यता नदिन  माग

    एक बर्षको न्यूरोलोजी फेलोशिप गरेकालाई विशेषज्ञको मान्यता नदिन  माग

    आइतबार, वैशाख १३ २०८३
    आइतबार, वैशाख १३ २०८३
    एक बर्षको न्यूरोलोजी फेलोशिप गरेकालाई विशेषज्ञको मान्यता नदिन  माग

    काठमाडौँ, १३ वैशाख  । नेपाल एकेडेमी अफ न्युरोलोजी (नान) ले निजी क्षेत्रबाट सञ्चालित एक वर्षे न्युरोलोजी फेलोशिप कार्यक्रमलाई विशेषज्ञको मान्यता नदिन सरोकारवालासँग आग्रह गरेको छ । एकेडेमीले विज्ञप्ति जारी गर्दै यस्तो संक्षिप्त तालिमबाट प्राप्त प्रमाणपत्रका आधारमा 'नसा रोग विशेषज्ञ' वा 'न्युरोलोजिस्ट' को रूपमा काम गर्नु जनस्वास्थ्यका दृष्टिले जोखिमपूर्ण रहेको स्पष्ट पारेको छ ।

    विज्ञप्तिमा भनिएको छ, "निजी क्षेत्रबाट सञ्चालनमा रहेको एक वर्षे 'नन–एकेडेमिक' फेलोशिप कार्यक्रमबाट प्राप्त प्रमाणपत्रलाई विशेषज्ञको रूपमा लिन मिल्दैन । तसर्थ, लोक सेवा आयोग, मेडिकल कलेज र स्वास्थ्य संस्थाले यसलाई विशेषज्ञको मान्यता नदिन र बिरामीले आधिकारिक विशेषज्ञबाट मात्र सेवा लिन अनुरोध गरिन्छ ।"

    अन्तर्राष्ट्रिय मापदण्ड र नेपाल मेडिकल काउन्सिलको नियमानुसार न्युरोलोजी क्षेत्रमा पूर्ण विशेषज्ञता प्राप्त गर्न एमडी, डीएम वा विद्यावारिधि जस्ता कम्तीमा तीन वर्ष वा सोभन्दा लामो अवधिको उच्चस्तरीय शैक्षिक तालिम अनिवार्य हुन्छ । एक वर्षे फेलोशिप गरेका चिकित्सकले आफूलाई न्युरोलोजिस्ट भनेर सम्बोधन नगर्न र यस्ता कार्यक्रम सञ्चालन गरिरहेका संस्थालाई तत्काल बन्द गर्न समेत 'नान' ले सुझाव दिएको छ ।

    एकेडेमीले जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर र जिम्मेवार रोगहरूको उपचारमा संलग्न हुँदा बिरामीको सुरक्षामा खेलबाड नगर्न सचेत गराएको छ । विशेषज्ञ सेवाको मान्यताका लागि चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको निर्देशिका पालना गर्नुपर्नेमा विज्ञप्तिले जोड दिएको छ 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार