• सोमबार, १५ भदौ २०८३
  • images

    टेम्पोमाथि रुख खस्दा दुईको मृत्यु, तीन जना घाइते

    टेम्पोमाथि रुख खस्दा दुईको मृत्यु, तीन जना घाइते

    शनिबार, वैशाख ५ २०८३
    शनिबार, वैशाख ५ २०८३
    टेम्पोमाथि रुख खस्दा दुईको मृत्यु, तीन जना घाइते

    महोत्तरी, ५ वैशाख  । महोत्तरीमा टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ ।

    सो घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शनिबार साँझ आएको हावाहुरीका क्रममा जलेश्वर नगरपालिका–९, परकौलीस्थित सडक किनारको रुख ढलेर जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पोमाथि खसेको हो।

    उक्त दुर्घटनामा एक महिला र एक पुरुष गरी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना (पुरुष चालक र दुई महिला) घाइते भएका प्रहरीले जनाएको छ।
    प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार टेम्पोमा चालकसहित पाँच जना सवार रहेका थिए । दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि जनकपुर पठाइएको छ ।

    मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि केही समय जलेश्वर–जनकपुर सडक खण्ड अवरुद्ध भएको थियो । नेपाली सेना र प्रहरीको संयुक्त प्रयासमा सडकमा खसेको रुख हटाएपछि यातायात पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार