• बिहीबार , ५ कात्तिक २०८३
  • images

    स्वास्थ्य समितिको सभापतिमा डा. ओजस्वी शेरचन निर्वाचित

    स्वास्थ्य समितिको सभापतिमा डा. ओजस्वी शेरचन निर्वाचित

    शुक्रबार, वैशाख ४ २०८३
    शुक्रबार, वैशाख ४ २०८३
    स्वास्थ्य समितिको सभापतिमा डा. ओजस्वी शेरचन निर्वाचित

    काठमाडौं, ४ बैशाख । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. ओजस्वी शेरचन निर्वाचित हुनुभएको छ।

    आज सम्पन्न निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार गुरु बराल अल्पमतमा परेपछि डा. शेरचनलाई विजयी घोषणा गरिएको हो। 

    images

    निर्वाचन प्रक्रियामा सहभागी सदस्यहरूको मत परिणामका आधारमा रास्वपाकी डा. ओजस्वी शेरचन निर्वाचित हुनुभएको हो ।

    बराललाई नेपाली कांग्रेस तथा नेकपाको समर्थन प्राप्त भए पनि आवश्यक बहुमत जुटाउन नसक्दा उहाँ पराजित हुनुभएको हो। समर्थनको समीकरण भए तापनि मतपरिणाममा त्यसले पर्याप्त प्रभाव पार्न सकेन।

    उक्त निर्वाचनका लागि बसेको बैठक ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा सञ्चालन गरिएको थियो। बैठकले निर्धारित कार्यसूचीअनुसार प्रक्रिया अघि बढाउँदै सभापति चयन गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार