• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    प्रतिनिधिसभा स्वास्थ्य समितिको सभापतिमा डा. शेरचन र बरालको उम्मेदवारी 

    प्रतिनिधिसभा स्वास्थ्य समितिको सभापतिमा डा. शेरचन र बरालको उम्मेदवारी 

    बिहीबार , वैशाख ३ २०८३
    बिहीबार , वैशाख ३ २०८३
    प्रतिनिधिसभा स्वास्थ्य समितिको सभापतिमा डा. शेरचन र बरालको उम्मेदवारी 

    काठमाडौँ, ३ वैशाख। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

    उक्त पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. ओजस्वी शेरचन र नेकपा (एमाले) बाट गुरु बराल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

    images


    समिति सचिवालयका सचिव दशरथ धमलाले सभापति चयनका लागि निर्वाचन भोलि दिउँसो १ बजेका लागि तय गरिएको बताउनुभयो। 

    उहाँका अनुसार निर्वाचन प्रक्रियामा समितिका २७ जना मनोनित सदस्य र ४ जना पदेन सदस्य गरी कुल ३१ जनाले मतदान गर्न पाउनेछन्।

    संसद्का कुल १२ विषयगत समितिमध्ये १० वटा समितिमा सभापति पदका लागि एकल उम्मेदवारी परेकोले ती पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित हुने अवस्था छ ।

     शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने  प्रतिस्पर्धा पर्ने देखिएको छ।

    यता शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा प्रतिस्पर्धा भए पनि डा. ओजस्वी शेरचनको जित सुनिश्चित जस्तै देखिएको छ। समितिमा रहेका २७ सदस्यमध्ये १७ जना रास्वपाका सांसद रहेकोले शेरचनको पक्षमा स्पष्ट बहुमत रहेको विश्लेषण गरिएको छ।

    त्यसबाहेक प्रधानमन्त्री बालेन्द्र शाहसहित स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहता, शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिना पदेन सदस्यका रूपमा समितिमा रहने व्यवस्था रहेको छ।

    यस आधारमा शेरचनले आफ्नै दलबाट मात्र कम्तीमा २१ मत पाउने सम्भावना रहेको स्रोतले बताएको छ। उक्त संख्या बहुमतभन्दा बढी भएकाले उहाँ सभापतिमा निर्वाचित हुने निश्चित जस्तै देखिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार