काठमाडौं, ४ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिको सभापतिमा भक्त हमाललाई चयन गरिएको छ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम हमाललाई स्वास्थ्य समिति सभापतिमा चयन गर्नुभएको हो।
महासंघमा वस्तुगत संघबाट प्रतिनिधित्व गर्दै हमाल यसअघि स्वास्थ्य तथा सीप विकास समितिका सहसभापति हुनुहुन्थ्यो ।
हमालले नेपालमा अन्तरराष्ट्रिय स्तरमा मेडिकल सामग्री आयात तथा सेवा प्रदान गर्दै आउनुभएको छ। पर्यटन, कृषि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत आफ्नो लगानी विस्तार गर्दै आएका हमालले पछिल्लो समय महासंघभित्र रहेका व्यवसायीक हित र जनसेवाका काममा सक्रिय हुनुहुन्छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा करिब ३ दशकदेखि सक्रिय हमाल महासंघको कार्यकारिणी सदस्यमा २ पटक निर्वाचित भइसक्नुभएको छ।