• बिहीबार , ५ कात्तिक २०८३
  • images

    बक्यौता नतिर्ने मेडिकल कलेजको विवरण सार्वजनिक गरिने

    बक्यौता नतिर्ने मेडिकल कलेजको विवरण सार्वजनिक गरिने

    शुक्रबार, चैत २७ २०८२
    शुक्रबार, चैत २७ २०८२
    बक्यौता नतिर्ने मेडिकल कलेजको विवरण सार्वजनिक गरिने

    काठमाडौं, २७ चैत । नेपाल मेडिकल काउन्सिल ले विभिन्न मेडिकल तथा डेन्टल कलेज र प्रतिष्ठानहरूलाई बक्यौता रकम २१ दिनभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।

    काउन्सिलले आज सार्वजनिक सूचना जारी गर्दै स्नातक तथा स्नातकोत्तर तहमा अध्यापन गराउने संस्थाहरूले लामो समयदेखि बुझाउन बाँकी रहेको रकम तिर्न ताकेता गरेको हो। 

    images

    यसअघि पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित कलेजहरूले अटेरी गरेको काउन्सिलको भनाइ छ।

    निर्देशन अनुसार तोकिएको समयभित्र बक्यौता रकम नबुझाउने कलेज तथा प्रतिष्ठानमाथि कडा प्रशासनिक कदम चालिने चेतावनी दिइएको छ। काउन्सिलले यस्ता संस्थामा विद्यार्थीहरूको परीक्षण दर्ता प्रक्रिया रोक्का गर्नुका साथै विदेशी नागरिक चिकित्सक तथा शिक्षकहरूको दर्ता समेत स्थगित गर्ने स्पष्ट पारेको छ।

    त्यसैगरी, २१ दिनभित्र पनि रकम नबुझाएमा सम्बन्धित कलेज तथा प्रतिष्ठानहरूको नामसहित बक्यौता विवरण सार्वजनिक गरिने निर्णय काउन्सिलको पूर्ण बैठकले गरेको जनाइएको छ।

    काउन्सिलले तोकिएको समयसीमा अगावै बक्यौता रकम बुझाएर निर्देशन पालना गर्न सम्बन्धित सबै शैक्षिक संस्थालाई आग्रह गरेको छ।

    nmc3.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार