• सोमबार, १५ भदौ २०८३
  • images

    ‘निजी मेडिकल कलेजलाई राज्यले अपहेलना गर्यो

    ‘निजी मेडिकल कलेजलाई राज्यले अपहेलना गर्यो

    कलेजमा ताला लगाउनुको विकल्प भएन

    हेल्दीखबर
    शनिबार, माघ १ २०७८
    हेल्दीखबर
    शनिबार, माघ १ २०७८
    ‘निजी मेडिकल कलेजलाई राज्यले अपहेलना गर्यो


    काठमाडौ । निजी मेडिकल कलेज सञ्चालकहरुले निजी क्षेत्रबाट सञ्चालित मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसकेको बताएको छ । अब मेडिकल कलेजहरुमा ताला लगाउनुको विकल्प नरहेको उल्लेख गर्दै निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरु यतिबेला गम्भिर संकटतर्फ उन्मुख भएको बताएका छन् । निजी मेडिकल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालले एक विज्ञप्ति जारी गर्दै  कोरोना भाइरसको तेश्रो चरणको महामारी निकट रहेको अवस्थामा स्वास्थ्य संस्थाहरुमा ताला लगाएर चाबी सरकारलाई बुझाउने परिस्थिती आउन नदिन सरकारलाई आग्रह गरेको छ। 
    निजी क्षेत्रबाट अरबौं लगानी गरेर देशका विभिन्न भू–भागका जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने र हजारौं दक्ष मेडिकल जनशक्ति उत्पादन गर्दै आइरहेको निजी क्षेत्रलाई राज्यले सधैं अपहेलनाको दृष्टिकोणले व्यवहार गरिरहेको उनीहरुको आरोप छ।

    पछिल्लो समय मेडिकल व्यवसायीमाथि राज्यकै विभिन्न निकाय र त्यहाँ पदासिन व्यक्तिहरु तथा विभिन्न राजनीतिक शक्ति केन्द्रहरुको संरक्षणबाट परिचालित व्यक्तिहरुबाट अनेक आरोप लगाउने, धम्क्याउने, तर्साउने, मेडिकल कलेजहरु तोडफोड गरी निजी क्षेत्रको सम्पत्तिमाथि समेत क्षती पुर्याउने कार्य भइरहेको छ उनीहरुको आरोप छ।

    पुस ३० गते सिंहदरबारमा महासचिव सुनिल शर्मामाथि आक्रमणकोे प्रयास भएको प्रति एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपाल गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

    विद्यार्थी संगठनको हवाला दिँदै राज्यद्वारा नै परिचालित समूहले शर्मामाथि सुनियोजित प्रहार गरेको निजी मेडिकल सञ्चालकहरुको ठहर छ। 

    मुलुकको सबैभन्दा सुरक्षित भनिएको तथा मुलुकको मुख्य प्रशासकीय क्षेत्र सिंहदरबारभित्रै आक्रमणको घटनाले सरकार जनता र व्यवसायीको सुरक्षाप्रति कत्तिपनि चिन्तित र संवेदनशील रहेनछ भन्ने पुष्टि भएको उनीहरुको तर्क छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार