काठमाडौँ, ७ जेठ । निजी मेडिकल तथा डेन्टल कलेजहरुको छाता संस्था एसोसिएसन अफ प्राईभेट मेडिकल तथा डेन्टल कलेजले चिकित्सा विधाका सम्पूर्ण कार्यक्रमलाई बार्षिक रुपमा दुई सेसनमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
एसोसिएसनका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले आज एक विज्ञप्ती जारी गर्दै ‘चिकित्सा शिक्षाका सम्पूर्ण कार्यक्रमलाई बार्षिक रुपमा दुई शैक्षिक सत्रमा सञ्चालन भएमा सरकारको नीतिमा उल्लेख गरेजस्तै सरकारी स्तरबाट मात्रै नभई निजी लगानीमा सञ्चालि मेडिकल कलेजहरुले सञ्चालन गरेका अस्पतालहरुबाट समेत न्युनतम शुल्कको आधारमा जनताको स्वास्थ्य उपचार गर्न सकिन्छ, भनिएको छ।’
एसोसिएसनले दुई सेसनमा भर्ना गर्न पाउने व्यवस्था लागू भएमा हाल नेपालमा स्नातक तहमा सबै कार्यक्रममा गरी दुई हजार दुई सय ४९ जनाले पाइरहेको छात्रवृत्तिको व्यवस्था समेत बढेर वार्षिक दुई सेसनमा गरेर चार हजार पाँच सय हुने विषय पनि विज्ञप्तिमा उल्लेख गरेको छ।
अहिले नेपालमा सिट कन्ट्रोल गर्दा बार्षिक १५०० बढी विद्यार्थीहरु बाहिरिने गरको भन्दै त्यसबाट बार्षिक १५ अर्व बढी विदेशिने उल्लेख छ । एसोसिएसनले मेडिकललाई एक सय र डेन्टललाई ५० सिट भर्ना गर्ने पद्धतीको पनि विरोध गरेको छ । उसले बार्षिक दुई सेसन गर्ने र त्यसमा १०० सिटका दरले कोटा दिनु पर्ने उल्लेख गरेको छ ।
त्यसअघि एसोसिएसनले नेपालमा निजी क्षेत्रका कलेजहरुले चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा पुरयाएको योगदान, आर्थिक क्षेत्रमा योगदान, रोजगारीका क्षेत्रमा योगदानका विषय उल्लेख गरेको थियो ।