• सोमबार, १५ भदौ २०८३
  • images

    १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता

    १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता

    मंगलबार, चैत १७ २०८२
    मंगलबार, चैत १७ २०८२
    १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता

    काठमाडौँ, १७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहुँचका आधारमा काठमाडौँ लगायत मुख्य शहरमा केन्द्रित भएका विशेषज्ञ चिकित्सकलाई आफ्नै दरबन्दी रहेका दुर्गम तथा आवश्यक अस्पतालमा फिर्ता पठाउने प्रक्रिया सुरु गरेको छ।

    स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकलाई दरबन्दी भएका स्थान तथा आवश्यक अस्पतालमा खटाउन थालेको हो।

    मन्त्रालयका अनुसार पहिलो चरणमा १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता गरी उनीहरूलाई सम्बन्धित दरबन्दी भएका अस्पतालमा पठाइएको छ।

    मन्त्रीको सचिवालयले यस कदमलाई देशभर विशेषज्ञ स्वास्थ्य सेवा सन्तुलित रूपमा विस्तार गर्ने दिशामा महत्वपूर्ण प्रगतिका रूपमा लिएको जनाएको छ। 

    मन्त्रालयका दुर्गम जिल्लामा विशेषज्ञ चिकित्सकको उपलब्धता सुनिश्चित गर्ने, देशभर समुचित परिचालनमार्फत सुशासन कायम गर्ने तथा आम नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो।

    त्यसैगरी लामो समयदेखि कार्यान्वयन हुन नसकेको विषयलाई अहिले मन्त्रालयले प्रभावकारी रूपमा अघि बढाएको पनि उल्लेख गरेको छ।

    मन्त्रालयले पहिलो चरणमा डडेल्धुरा अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालका लागि दरबन्दी अनुसार काठमाडौँ उपत्यका तथा अन्य सुगम क्षेत्रमा कार्यरत विशेषज्ञ चिकित्सकलाई फिर्ता पठाइएको जनाएको छ।

    यस अनुसार डडेल्धुरा अस्पतालमा ४ जना, नारायणी अस्पतालमा ५ जना र गजेन्द्र नारायण सिंह अस्पतालमा ५ जना विशेषज्ञ चिकित्सक थपिएका छन्।

    मन्त्रालयले आगामी चरणमा पनि आवश्यकताका आधारमा अन्य चिकित्सकलाई समेत दरबन्दी भएका स्थानमा खटाउने तयारी गरिरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार