• सोमबार, १५ भदौ २०८३
  • images

    विशेषज्ञ लाइसेन्स परीक्षामा ६४.२५ प्रतिशत उत्तीर्ण

    विशेषज्ञ लाइसेन्स परीक्षामा ६४.२५ प्रतिशत उत्तीर्ण

    बिहीबार , चैत २१ २०८१
    बिहीबार , चैत २१ २०८१
    विशेषज्ञ लाइसेन्स परीक्षामा ६४.२५ प्रतिशत उत्तीर्ण

    काठमाडौँ, २१ चैत । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकहरुको लाइसेन्स परीक्षामा ६४.२५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
    आज पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको परीक्षामा ६४.२५ प्रतिशत चिकित्सक उत्तीण भएका हुन् ।
     काउन्सिलका प्रवक्ता डा. सतिशकुमार देवका अनुसार परीक्षामा १७९ जना सहभागी मध्ये ११५ जना उत्तीर्ण भएका छन् । 
    डा. देवका अनुसार यो पटकको परीक्षामा पोष्ट ग्राजुएट्स (पीजी) तहका विभिन्न ३२ विषयबाट उत्तीर्ण भएका चिकित्सक सहभागी थिए ।  डा देवका अनुसार परीक्षाका लागि १८४ जनाले फारम भरेकोमा पाँच जना अनुपस्थित रहेका थिए । यस्तै जनाको नतिजा वीथहेल्डमा राखिएको छ । ६४ जना अनुत्तीर्ण भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार