• सोमबार, १५ भदौ २०८३
  • images

    आफ्नै अस्पतालमा हुने उपचारमा रिफर नगर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

    आफ्नै अस्पतालमा हुने उपचारमा रिफर नगर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

    बिहीबार , माघ १५ २०८२
    बिहीबार , माघ १५ २०८२
    आफ्नै  अस्पतालमा हुने उपचारमा रिफर नगर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

    काठमाडौं,१५ माघ । स्वास्थ्य बीमा बोर्डले सम्झौताअनुसार सेवा दिइरहेका स्वास्थ्य संस्थाहरूलाई अनावश्यक रूपमा बिरामी रिफर (प्रेषण) नगर्न निर्देशन दिएको छ।

    आफ्नै संस्थामा उपलब्ध सेवा हुँदाहुँदै स्वास्थ्य बीमा ऐन, नियमावली र प्रेषण कार्यविधि विपरीत प्रेषण गरेको पाइएकाले त्यस्तो कार्य नगर्न बोर्डले आग्रह गरेको हो।

    बोर्डका अनुसार सेवा उपलब्ध गराउन नसक्ने अवस्थामा मात्रै नियमावलीअनुसार प्रेषण पुर्जी भरी नजिकको उपयुक्त स्वास्थ्य संस्थामा पठाउनुपर्नेछ। अनावश्यक प्रेषण भएमा दाबी रकम सोधभर्ना नहुने र आवश्यक परे सम्झौता स्थगन वा रद्द समेत हुन सक्ने बोर्डले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार