• आइतबार, ८ कात्तिक २०८३
  • images

    चितवनमा एकै दिन ४ जनामा डेंगु र स्क्रब टाइफस पुष्टि

    चितवनमा एकै दिन ४ जनामा डेंगु र स्क्रब टाइफस पुष्टि

    बुधबार, माघ ७ २०८२
    बुधबार, माघ ७ २०८२
    चितवनमा एकै दिन ४ जनामा डेंगु र स्क्रब टाइफस पुष्टि

    काठमाडौं, ७ माघ । जाडो मौसममा समेत डेंगु र स्क्रब टाइफसका ४ जना बिरामी भेटिएका छन्। 

    चितवनमा एकै दिनमा ४ जना डेंगु र स्क्रब टाइफसका बिरामी पुष्टि भएको छ । 

    images

    पछिल्लो २४ घण्टामा डेंगुका २ र स्क्रब टाइफसका २ जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

    भरतपुर महानगरपालिकामा डेंगु र स्क्रब टाइफसका १ १ जना, रत्ननगरमा स्क्रब टाइफस र राप्ती नगरपालिकामा डेंगुका १ १ जना बिरामी भेटिएका हुन्। 

    यो सँगै चितवनमा हालसम्म डेंगु पुष्टि हुनेको संख्या २०८ र स्क्रब टाइफसका ५१७ पुगेको छ। हालसम्म परीक्षण भएका ७ हजार २४६ मध्ये २०८ मा डेंगु र ७ हजार ६७८ परीक्षणमध्ये ५१७ जनामा स्क्रब टाइफस पुष्टि भएको कार्यालयले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार