• सोमबार, १५ भदौ २०८३
  • images

    छ जना पूर्व स्वास्थ्य मन्त्री चुनावी मैदानमा

    छ जना पूर्व स्वास्थ्य मन्त्री चुनावी मैदानमा

    मंगलबार, माघ ६ २०८२
    मंगलबार, माघ ६ २०८२
    छ जना पूर्व स्वास्थ्य मन्त्री चुनावी मैदानमा

    काठमाडौँ, ६ माघ । आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि छ जना पूर्व स्वास्थ्य मन्त्रीहरुले उम्मेदवारी दिदै हुनुहुन्छ । 

    २१ फागुनमा हुने निर्वाचनका लागि पूर्व स्वास्थ्य मन्त्रीहरु उपेन्द्र यादव, गगनकुमार थापा, पदम गिरी, प्रदीप यादव, प्रदीप पौडेल र शेरबहादुर तामाङले उम्मेदवारी दिनुहुनेछ । 
    यसअघि उपप्रधान, स्वास्थ्य मन्त्री  तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सोही पार्टीका तर्फबाट सप्तरी ३ बाट उम्मेद्धार बन्नुभएको छ । त्यसैगरी यसअघि काठमाडौँ ४ बाट निर्वाचित नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सर्लाही ४ बाट उम्मेदवार दिनुहुने भएको छ ।  
    यस्तै उम्मेद्धारी मनोनयन गर्नेहरुमा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ बाट आफ्नो उम्मेदवारी मनोनयन गर्दैहुनुहुन्छ । 

    यस्तै पूर्व मन्त्री प्रदीप यादवले नेकपा एमालेमा प्रवेश गरेर पर्सा १ बाट उम्मेदवारी दिदै हुनुहुन्छ । 

    एमालेबाटै स्वास्थ्य मन्त्री बन्नुभएका पदम गिरी यो पटक पर्वत क्षेत्र नं १ बाट उम्मेद्धारी दिनुहुने भएको छ । 


     एमालेका तर्फबाट स्वास्थ्य मन्त्री बन्न्भएका शेरबहादुर तामाङलाई पार्टीले सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार