नेशनल बाथरोग सेन्टरले ‘बाथरोग जागरण अभियान’ सञ्चालन गर्ने
काठमाडौँ, ३ माघ । नेशनल बाथरोग सेन्टरले बाथरोग जागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।
सांगीतिक कार्यक्रमसहित सेन्टरले बाथरोग जागरण अभियान संचालन गर्न लागेको हो ।
सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतीले माघ महिनाभर बाथरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिनुभयो ।
उहाँले कुटुम्बसँगको सहकार्यमा ‘स्वस्थ जीवनका लागि सुमधुर संगीत’ कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो ।
‘स्वास्थ्य तपाईंको, सेवा हाम्रो’ भन्ने नाराका साथ बाथरोग सेन्टरले स्वास्थ्य शिविर तथा सांगीतिक कार्यक्रमसहित अभियान सञ्चालन गर्न लागेको हो । बाथरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको बाथरोग अभियान देशभर टोल–टोलमा पुग्ने जनाइएको छ । बाथरोग सेन्टरले काठमाडौँ महानगरपालिकासंगको सहकार्यमा काठमाडौँ महानगरभित्र तथा सेन्टरका विभिन्न देशभर फैलिएका शाखाहरुमार्फत बाथरोग जागरण अभियान सञ्चालन गर्ने भएको हो । प्रबन्ध निर्देशक कक्षपतिका अनुसार नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ अर्थराइटिस समाजको संयुक्त आयोजनामा सञ्चालन हुने जागरण अभियानअन्तर्गत बाथरोगसम्बन्धी फोटो प्रदर्शनी, रोग पहिचानका लागि निःशुल्क रगत परीक्षण तथा जनचेतनामूलक सांगीतिक कार्यक्रम आयोजना गरिनेछ ।