इलाम, २९ पुस । कलाकार निश्चल बस्नेतले स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान गर्नुभएको छ ।
बस्नेतले इलाम नगरपालिका –१ मा रहेको आफ्नो अंश भागमा परेको पुख्र्यौली जग्गा स्वास्थ्य चौकीलाई दान दिनुभएको हो ।
वडासचिव लोचन भट्टराईले कलाकार बस्नेतले इलामको साँखेजुुङस्थित जग्गा पास गरिदिनुु भएको जानकारी दिनुभयो ।
अहिले स्वास्थ्यचौकी विद्यालयको एक कोठे भवनमा सञ्चालनमा छ । भवनको लागि विभागबाटै डिजाइन स्टिमेट तयार भएर आएपछि स्वास्थ्य चौकीको नाममा जग्गा पास भएको हो ।