१५ दिन भित्र दरखास्त दिइसक्नुपर्ने
काठमाडौं, २८ पुस। स्वास्थ्य बीमा बोर्डले विभिन्न पदमा ७३ जना कर्मचारी माग गरेको छ ।
बोर्डले केन्द्रीय कार्यालय , प्रदेश तथा शाखा कार्यालय र जिल्ला सम्पर्क शाखा कार्यालयका लागि करार सेवामा विभिन्न पदहरूमा कर्मचारी माग गरेको हो ।
बोर्डले मेडिकल अधिकृत ६ जना, चार्टर्ड एकाउन्टेण्ड १, हेल्थ इकोनोमिष्ट १, जनस्वास्थ्य अधिकृत १, एक्च्यूरियन अधिकृत १, सूचना प्रविधि सहायक ३ जना र दर्ता अधिकारी ६० जना माग गरेको हो।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (२०८२/१०/१२ सम्म) दरखास्त पेश गर्न सक्नेछन्।
हेरौं सूचना:
