काठमाडौं, २३ पुस । नेपाल नर्सिङ परिषद् (काउन्सिल)को नाम दर्ता (लाइसेन्स) परिक्षा आगामी फागुन ११ देखि १५ गतेसम्म हुने भएको छ ।
विभिन्न तहका नर्सिङ कार्यक्रमका लागि नाम दर्ता परीक्षा फागुन ११ देखि १५ गतेसम्म सञ्चालन गर्ने सूचना मार्फत जानकारी दिएको छ ।
परिषद्को वार्षिक कार्यतालिकाअनुसार परीक्षा सञ्चालन हुन लागेको हो ।
जसका लागि अनलाइन आवेदन फाराम पुस २५ देखि माघ २४ गतेसम्म भर्न सकिनेछ । फारामको लागि ३५०० शुल्क लाग्ने छ भने बिलम्ब शुल्क ७००० कायम हुने सूचना छ ।
विलम्ब शुल्कसहित माघ २५ देखि माघ २९ गते कार्यालय समयभित्र आवेदन दिन सकिने परिषद्ले जनाएको छ । आवेदन फाराम परिषद्को वेबसाइट मार्फत मात्र भर्नुपर्ने सूचनामा उल्लेख छ ।
परिषद्का अनुसार पीसीएल नर्सिङ, बीएससी नर्सिङ, बीएमएस र स्नातकोत्तर नर्सिङ तहका लागि छुट्टाछुट्टै परीक्षा सञ्चालन हुन लागेको हो ।
हेरौं सूचना: