• सोमबार, १५ भदौ २०८३
  • images

    पाँच फर्मलाई १० हजार जरिवाना

    पाँच फर्मलाई १० हजार जरिवाना

    मंगलबार, पुस १ २०८२
    मंगलबार, पुस १ २०८२
    पाँच फर्मलाई १० हजार  जरिवाना

    काठमाडौँ, १  पुस । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।

    विभागले उद्योग तथा फर्मको अनुमगनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो । 

    स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसहितको अनुमगनका क्रममा विभागले सुमेस ग्लास टेडर्स गोंगबु, कृष्णा टायल एण्ड सेनिटरी हाउस, आर एन टेडर्स, युनिभर्सल होम सोलुसन प्रालि र सिरक डसना पसललाई जनही रु १० हजारका दरले जरिवाना गरेको हो ।

    उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको विभागले जनाएको छ । 

    त्यस्तै, विभागले अन्य ११ फर्मलाई भने सामान्य निर्देशन मात्रै दिएको छ । विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा देशव्यापी रुपमा नै अनुमगन तथा निरीक्षण गर्दै आएको छ । बजारलाई स्वच्छ, मर्यादित बनाउन क्रियाशील रहेको जनाएको छ । 

    रासस

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार