• सोमबार, १५ भदौ २०८३
  • images

    नोबेल मेडिकल कलेजका गौरव सिंह साउद  एमबीबीएसमा उत्कृष्ट

    नोबेल मेडिकल कलेजका गौरव सिंह साउद  एमबीबीएसमा उत्कृष्ट

    बिहीबार , मंसिर २५ २०८२
    बिहीबार , मंसिर २५ २०८२
    नोबेल मेडिकल कलेजका गौरव सिंह साउद  एमबीबीएसमा उत्कृष्ट

    काठमाडौं, २५ मंसिर । विराटनगरको नोबेल मेडिकल कलेजका गौरव सिंह साउद एमबीबीएसमा काठमाडौं विश्वविद्यालयमै उत्कृष्ट  ( 
    स्वर्ण पदक ) विजेता हुन सफल हुनुभएको छ ।


    काठमाडौं विश्वविद्यालय अन्तर्गतको एमबीबिएस कार्यक्रममा साउदले सवैभन्दा उत्कृष्ठ नतिजा ल्याउन सफल हुनुभएको हो ।

     मंसिर २४ गते सम्पन्न काठमाडौं विश्वविद्यालयको ३१औं दिक्षान्त समारोहमा उहाँलाई उपकुलति स्वर्ण पदक प्रदान गरिएको थियो ।

    सन् २०१८ ब्याचका डा. गौरव साउदले ८५.४७ प्रतिशत सहित काठमाडौं विश्वविद्यालय अन्तर्गतका सवै मेडिकल कलेजहरुमध्ये सवैभन्दा उत्कृष्ठ नतिजा ल्याउनुभएको हो । दिक्षान्त समारोहमा काठमाडौं विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सम्माननीय सुशिला कार्की तथा उपकुलपति प्रा. डा. अच्युत प्रसाद वाग्लेले उहाँलाई डिग्री तथा उपकुलपति स्वर्ण पदक प्रदान गर्नु भएको थियो ।

     काठमाडौं विश्वविद्यालयले बार्षिक दुई चरणमा गर्न थालेको दिक्षान्त समारोहमा यो वर्षको पहिलो दिक्षान्त समारोहमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलबाट एम. डी. एम. एस. तर्फ ७ जना, एम. बी. बी. एस. तर्फ ६६ जना र बी. डी. एस. तर्फ ८ जना दिक्षित भएका छन् । 

    नोबेलमा पहिलो पटक सुरु भएको मास्टर्स इन मेडिकल रिसर्चका ४ जना विद्यार्थीहरु पनि सत् प्रतिशत नतिजासहित दिक्षित भएका छन् ।

    यस अघि पनि नोवेलका विद्यार्थीहरुले उत्कृष्ट नतिजासहित एमबीबीएस. कार्यक्रममा उपकुलपति स्वर्ण पदक हासिल गर्न सफल भई सकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार