व्यापारिक प्रचारमा लागेर आफ्नो डिग्री बिक्री नगर्न मेडिकल काउन्सिलको निर्देशन
काठमाडौं, १७ मंसिर । विदेशका मेडिकल कलेजमा नेपालबाट विद्यार्थी लैजानका लागि नेपाली चिकित्सकहरु प्रयोग भएका छन् ।
यसरी सामाजिक सञ्जालमा नेपाली विद्यार्थी विदेशी मेडिकल कलेजमा लैजान चिकित्सकहरु प्रयोग भएपछि नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार प्रयोजनका लागि आफ्नो नाम र डिग्री नबेच्न तथा प्रयोग नगर्न चिकित्सकलाई निर्देशन दिएको छ।
काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले नेपाली चिकित्सकहरुलाई प्रयोग गरेर कन्सलटेन्सीले विज्ञापन गरेको पाइएपछि काउन्सिलले विज्ञप्ति जारी गर्नुपरेको जानकारी दिनुभयो । उहाँले नेपाली चिकित्सकले आफ्नो नाम र डिग्रीको प्रयोग गर्न दिनु हुदैनथियो, देवले थप्नुभयो,“यदि यस्तो कार्य रोकिएन भने काउन्सिलले चिकित्सकलाई कारबाही प्रक्रिया अगाडी बढाउनुपर्ने हुन्छ ।”
नेपाली चिकित्सकहरुले बंगलादेश, फिलिपिन्स, भारतजस्ता देशका मेडिकल कलेजमा नेपालबाट विद्यार्थी लैजानका लागि आफ्नो नाम र डिग्री बेचेका हुन् ।
यसरी नेपाली डाक्टर बेचिन वा प्रयोग हुनथालेपछि काउन्सिलले प्रेस विज्ञप्ति जारी गर्दै दर्तावाला चिकित्सकहरुलाई कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसारका लागि आफ्नो नाम, फोटो तथा डिग्री साइनबोड, ब्रोसर, पम्प्लेट लगायत सामग्री प्रयोग नगर्न निर्देशन दिएको हो।
यी सामग्रीहरु राखी शैक्षिक परामर्श गरिरहेको भन्ने उजुरीको सम्बन्धमा ध्यानाकर्षण समेत भएको काउन्सिलले जनाएको छ।काउन्सिलको ुकोड अफ इथिक्स एण्ड प्रोफेसनल कन्डक्ट २०१७ को बुँदा नं ५ ए मा यो सम्बन्धी व्यवस्था रहेको काउन्सिलले जनाएको छ।
उक्त कोड अफ इथिक्समा उल्लेखित कुनै पनि बुँदाहरु उल्लंघन हुने कार्यहरु नगर्न र नगराउन काउन्सिलले सबै चिकित्सकलाई आग्रह गरेको छ। सो व्यवस्थालाई उल्लंघन गरे कानुन अनुसार सजाय हुने भएकाले सचेत रहन काउन्सिलले सबै चिकित्सकलाई गरेको छ।
हेरौँ काउन्सिलले जारी गरेको सूचनाः
