• सोमबार, १५ भदौ २०८३
  • images

    ओखलढुंगाको श्री लेती माविका विद्यार्थीलाई झोला वितरण

    ओखलढुंगाको श्री लेती माविका विद्यार्थीलाई झोला वितरण

    गुरु केदार बरालको पहलमा उक्त झोला वितरण गरिएको हो ।

    शनिबार, मंसिर १३ २०८२
    शनिबार, मंसिर १३ २०८२
    ओखलढुंगाको श्री लेती माविका विद्यार्थीलाई झोला वितरण

    ओखलढुंगा, १३ मंसिर ।  ओखलढुंगा लिखु गाउँपालिकास्थित श्री लेती माध्यामिक विद्यालय लेती पोकलीका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । 


    पोकली झरना सेवा समाजका संस्थापक अध्यक्ष गुरु केदार बरालले लायन्स क्लबको सहकार्यमा झोला वितरण गर्नुभएको हो ।

    pgmmm.jfif

     कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र समाजसेवीहरूको उपस्थिती थियो । 

     विद्यालयका प्रधानाध्यापक कम्मल दंगाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर घिमिरे, शिक्षक चेतप्रसाद भिमिरे, समाजसेवी दिनेश कार्की र अन्य स्थानीय प्रतिनिधिहरूले सहभागीता रहेको थियो। गुरु बरालले विद्यार्थीहरूलाई आफ्नो मन, आमाबुबाको सपना र देशको भविष्य खोज्न प्रेरित गर्दै झोला वितरण गर्नुभएको हो । 

    bag dis.jfif

    ओखलढुंगा विपद् व्यवस्थापन सेवा समाजकी सचिव सम्झना प्रेमीले कार्यक्रममा सहभागि भई स्वागत पाएकोमा खुशी व्यक्त गर्दै समाजसेवाको भावले आफू आएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई निरन्तर सहयोग र व्यवस्थापनमा सक्रिय सहभागिता जनाइने बताउनुभयो । 

    pgmmmg.jfif


     कार्यक्रममा गुरु बरालको पहलमा पाँच वडाका विद्यालयमा झोला वितरण सफल भइसकेको छ भने बाँकी विद्यालयमा पनि निरन्तर वितरण हुने जानकारी गराइएको छ।

    बराललेसमाजसेवी ओम कुमार सुवेदी र वडा अध्यक्ष केसवहरी ढुंगेलको योगदानको पनि प्रशंसा गर्नुभयो ।

    विद्यालय र सो क्षेत्रको विकासमा गुरु केदार बराल र अन्य सहयोगीहरूको योगदानले विद्यार्थीहरूमा शिक्षा प्रति मनोबल बढाउने वातावरण सिर्जना गरेको छ।

    bag bitaran pgm.jfif

    कार्यक्रमको संयोजन शिक्षक चेतप्रसाद भिमिरेले गर्नुभएको थियो। यस अवसरमा उपस्थित सबैले गुरु बरालको योगदानको प्रशंसा गर्दै विद्यालयको उज्वल भविष्यको लागि शुभकामना व्यक्त गरेका थिए।

    यो झोला वितरण कार्यक्रमले विद्यालयका विद्यार्थीहरूलाई आवश्यक सामग्री उपलब्ध गराउँदै शिक्षा प्रति उत्साह बढाएको छ र स्थानीय समाजमा पनि सकारात्मक प्रभाव परेको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार