काठमाडौं, १२ मंसिर । औषधी व्यवस्था विभागले गत तीन वर्षमा ८०२ फार्मेसीको लाइसेन्स निलम्बन गरेको छ ।
विभागले अनुगमन तथा निरीक्षणका क्रममा गएको तीन वर्षमा ८०२ औषधी पसल (फार्मेसी) को लाइसेन्स निलम्बन गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गएको तीन वर्षमा विभागले ८०२ फार्मेसीको लाइसेन्स निलम्बनमा परेको जानकारी दिनुभयो ।
महानिर्देशक ढकालका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीनहजार ३३९ फार्मेसीको निरीक्षण तथा अनुगमन गर्दा १८१ पसल निलम्बनमा परेको जानकारी दिनुभयो ।
उहाँका अनुसार २०८०/८१ मा तीन हजार ३०० पसलको निरीक्षण तथा अनुगमन गर्दा ३०१ फार्मेसी निलम्बनमा परेको हो ।
यस्तै २०८१/८२ मा दुई हजार ७९१ निरीक्षण तथा अनुगमन गर्दा ३२० पसलको लाइसेन्स निलम्बनमा परेको हो ।
‘निलम्बनमा पर्ने फार्मेसीहरुमा व्यवसायी नबस्ने, एउटै व्यवसायीले पनि धेरै फार्मेसीहरु लिने, टेण्डर गर्ने र व्यवसायीहरु त्यहाँ नबस्ने ठूलो समस्या छ । यस्तै औषधिको तापक्रम नमिलाएर राख्ने, लाइसेन्सको विक्रीवितरण गर्ने काम भइरहेको छ ।