• सोमबार, १५ भदौ २०८३
  • images

    बलिउड अभिनेता धर्मेन्द्र डिस्चार्ज 

    बलिउड अभिनेता धर्मेन्द्र डिस्चार्ज 

    बुधबार, कात्तिक २६ २०८२
    बुधबार, कात्तिक २६ २०८२
    बलिउड अभिनेता धर्मेन्द्र डिस्चार्ज 

    मुम्बई,२६ कात्तिक । बलिउड अभिनेता धर्मेन्द्र बुधबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्किनुभएको छ । 

    उहाँलाई छोरा बबी देओलले घर लगेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


    स्वास्थ्यमा समस्या उत्पन्न भएपछि धर्मेन्द्रलाई केही दिनअघि ब्रीच केन्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

    अस्पतालका चिकित्सक प्रतीत समदानीका अनुसार धर्मेन्द्रलाई बिहान साढे सातबजे डिस्चार्ज गरिएको हो ।

    परिवारकै आग्रहमा अस्पतालबाट डिस्चार्ज गरिएको डा समदानीले जानकारी दिनुभयो ।उहाँका अनुसार परिवारले घरमै राखेर उपचार गराउन चाहेका कारण अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

    धर्मेन्द्रको घर आसपासको सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । भिड जम्मा हुन सक्ने र अनियन्त्रित हुन सक्ने भन्दै उनको घर बाहिर सुरक्षाकर्मीले घेराबन्दी गरेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार